विवादित स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजमाथि आफ्नो घरमा आगजनी गर्ने आरोप गोकुल बास्कोटाले लगाएका छन्।
बास्कोटाको घरमा आगो लागेको बेला उनले फेसबुकमा लाइभ भिडियो पनि सार्वजनिक गरेका थिए र सोही भिडियोसहित प्रहरीले उजुरी दर्ता गरेका छन्।
यसअघि अपूर्व क्षितिजलाई सार्वजनिक शान्ति भंग, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी सामाजिक रीतिस्थितिमा अवरोध पुर्याउने कसुरमा आंशिक दोषी ठहर गर्दै जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना लगाएको थियो।
जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले यसबारे जानकारी दिएका छन्।
