काठमाडौ । ओमप्रकाश अर्याल प्रधानमन्त्री सुशीला कार्कीले नै खोज्नुभएको मन्त्री हो । तपाईहरुले साथ दिने भए मात्र म प्रधानमन्त्री बन्छु अन्यथा बन्दिन भनेर प्रधानमन्त्रीले पहिले नै बचना गराउनुभएको थियो ।
ओमप्रकाश उनै हुन् जो नागरिकका लागि राज्यले गरेको असमान वितरण तथा विभेदयुक्त कानूनको प्रयोगकाविरुद्ध लड्ने योद्धा हुन् । उनका रिटले केही भएपनि नागरिकले सास फेर्न पाएको साश्वत सत्य हो ।
‘सबैतिरबाट यो संकटमा श्रीमान (सुशीला कार्की) को माग भयो, उहाँहरुले तिमीहरुले साथ दिने भए मात्रै जिम्मा लिन्छु भनेर शर्त राख्नुभयो’ उनले भने, ‘म अहिले नै सक्रिय राजनीतिमा नलाग्न चाहन्थेँ, तर उहाँले साथ दिनैपर्छ भन्नुभएको छ, म बचन हार्न नसक्ने अवस्थामा पुगेको छु उनले भने ।’
प्रधानमन्त्री कार्कीको पत्रका आधारमा अर्यालले सोमबारबाट गृह र कानून तथा संसदीय व्यवस्था मन्त्रालय सम्हाल्नेछन् । २०५५ सालमा अधिवक्ताको रुपमा कानून व्यवसायमा सक्रिय अर्याल करिव चार वर्ष राष्ट्रिय मानव अधिकार आयोगमा काम गरे ।
आयोगमा रहँदा अर्यालले आफूलाई मानव अधिकारसम्बन्धी विषयवस्तुमा पोख्त बनाउदै लगे । २०५८ सालमा अधिवक्ता बने । त्यसपछि उनले राज्यलाई मात्र हायलकायल बनाएनन् । अदालतलाई समेत सही दिसामा ल्याउन रिटमा हुने बहस मार्फत योगदान गरे ।
