• Thursday 22nd of October 2026

कानून अध्ययनरत स्वस्थानी अधिवक्ता बनेर हरेक नेपालीलाई समान कानूनका लागि लड्छु भन्थिन् जेनजी आन्दोलनमा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल ल क्याम्पसमा अध्ययनरत दोलखाको बैत्यश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ वर्षकी स्वस्थानी खड्का व्यक्तिगत कामका सिलसिलामा पोखरी पुगेकी थिइन् । २०५६ मंसिर ७ गते जन्मेकी स्वस्थानीको बाल्यकाल घाँसदाउरा गर्दै बित्यो । बाल्यकालदेखि नै हक्की स्वभावकी उनी विद्यालयमा कहिल्यै दोस्रो बनिनन् ।

विद्यालय शिक्षा सकेर कानून अध्ययन गरिरहेकी उनी अध्ययनका लागि खर्च जुटाउन राजधानीमा पार्लरमा कामसमेत गर्थिन् । गाउँघरमा खेती किसानी गर्दै आएका बुबा राजेश र आमा बालकुमारी खड्काकी कान्छी छोरी हुन् स्वस्थानी ।

विद्रोही स्वाभावकी उनी सानैदेखि बोल्न र परेको सहयोग गर्न अघि सर्ने गरेको उनकी दिदी तारादेवी बस्नेतले बताइन् । ‘अरुलाई परेको बेलामा अघि सर्ने स्वाभाव थियो,’ उनले भनिन्, ‘सानैदेखि वकिल बन्ने सपना देखेर कानून विषय लिएर अध्ययन गरिरहेकी थिई । खेती किसानी अंगालेका बा–आमालाई आर्थिक भारमा नपार्न उनी आफैं पार्टटाइम काम गरेर खर्चको जोहो गर्ने गरेकी थिइन् ।

व्यक्तिगत कामले घुम्न पोखरा गएकी स्वस्थानी भदौको प्रदर्शनमा सहभागी बनेकी थिइन् । आन्दोलनमा सहभागी भएको सोही दिनदेखि परिवारसँग सम्पर्क नभएको दिदि ताराले बताइन् ।

परिवारबाट सम्पर्क टुटेकी उनको शव पोखराको हिमालयन अर्गनाइजेशनमा जलेको अवस्थामा फेला परेको थियो । उनी त्यहाँ कसरी पुगिन् त्यो परिवारले पत्तो पाउन सकेको छैन । परिवारको मियो रुपमा उदाएकी उनी जेन जीको आन्दोलनमा बिलाइन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖