• Thursday 22nd of October 2026

जेन–जी आतंककारी र लुटेरा हुन्”:एमाले नेता बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं – पूर्वप्रधानन्त्री केपी शर्मा ओलीको निवासमा भएको आगजनी र तोडफोडबारे एमाले नेता महेश बस्नेतले कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमा स्टाटस मार्फत भनेका छन् कि, “आज पूर्वप्रधानन्त्री ओलीज्यूको निवास, जुन राष्ट्रको नाममा सम्पूर्ण सम्पत्तिसहित दान गरिसक्नुभएको थियो, जेन–जी आतंककारी लुटेरा र आगजनी समूहले जलाएर ध्वस्त पारे। यसलाई राष्ट्रिय संग्रहालय वा पुस्तकालय बनाउन सकिन्थ्यो, तर अमूल्य सम्पत्ति नष्ट गरियो।”

उनले थपे, “त्यस क्षेत्रको निरीक्षण गरिसकिएको छ। प्रहरी चौकी लगायत राष्ट्रिय सम्पत्तिहरूलाई नष्ट गर्नेमा संलग्न सबैको फुटेजहरू संकलन भइसकेका छन्। ती सबैलाई चिनाएर नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्ने प्रक्रिया सुरु गर्नु आवश्यक छ।”

बस्नेतले यस घटनालाई राष्ट्रको विरासत र ऐतिहासिक सम्पत्तिप्रति ठूलो क्षति भएको भन्दै त्यसमा संलग्न अपराधीहरूमाथि तुरुन्त कडा कानुनी कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖