सुमना श्रेष्ठले रबि लामिछाने सहित अस्ति राति भएको Zoom meeting मा मुख्य ३ ओटा कुरा उठाएकि थिईन,जसका कारण उल्ने रास्वपा नै छोड्नु पर्ने स्थित आयो।
१)भिड जम्मा भएको बेला मौका छोपेर रबि लामिछाने जेलबाट निस्कनु गलत छ।
२)मौका छोपेर रबिलाई जेलमा लिन जाने डिपि अर्याल ,हरि ढकाल र बिपिन कुमार आचार्य लगायत अन्य नेताहरूले आम माफी माग्नुपर्छ।जसले गर्दा पार्टीलाई ठुलो क्षति पुगेको छ।
३)कारागारबाट निक्लदा बनाएको चिट्ठी गलत साबित भयो,त्यसको जिम्मेवारी रबि लामिछाने र उनलाई लिन जानेले लिनुपर्ने।
यसो भन्दा हरि ढकालले “बाघको छालामा स्यालको रजाई” भनेर सुमनालाई होच्याइदै पार्टी छोडेर जान धम्कि दिएका थिए।
