काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
महासचिव पोखरेलले सोमबार पार्टी कार्यालय पुगेर ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।
यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
गत साेमबार जेनजी पुस्ताका युवाहरूले गरेकाे प्रदर्शनमा नेकपा एमालेकाे पार्टी कार्यालय जलाइएकाे थियाे ।
