• Thursday 22nd of October 2026

कुलमान घिसिङले भने : इमानदारपूर्वक काम नगर्ने कर्मचारीलाई तुरून्तै हटाइनेछ


  • धनकुटा खबर
  • .

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार पदभार ग्रहण गर्दै उनले कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका बिगतमा सुनिएका अनियमितालाई नियन्त्रण गर्ने बताए।

‘सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीलाई कडाइका साथ लागू गरिनेछ। कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन। तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ,’ उनले भने।

उनले कर्मचारीहरूलाई असल नियत राखी ढुक्क भएर काम गर्न निर्देशन पनि दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖