• Thursday 22nd of October 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो । गत सोमबार र मङ्गलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ,अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।

बैठकले सरकारका कामकारबाहीबारे आवश्यक निर्णय गर्न सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖