काठमाडौं । प्रधानमन्त्री बन्ने इच्छा राख्दै काठमाडौं आइपुगेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ खाली हात फर्किएका छन् ।
६ दिनअघि काठमाडौं आइपुगेका हर्क सोमबार खाली हात धरान फर्किएका हुन् ।
उनलाई जेनजी पुस्ताले प्रधानमन्त्री त के मन्त्रीसमेत दिएनन् ।
उनले प्रधानमन्त्री हुन नपाएपछि गृहमन्त्री पद मागेको पनि खुलेको थियो ।
