नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खादा लगाएर बिदा गर्नुपर्ने धारणा राखेका छन्।
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो तर्क दिएका हुन्। उनले लेखेका छन्, “पार्टी र जनसंगठनका सबै नेताहरूको आँट र साहस नाप्ने अहिलेको समय एक इन्डिकेटर हो।
अहिले डराएर घरभित्र लुकेर बस्ने सुतुरमुर्गहरूलाई क्रमशः नेतृत्वबाट हटाएर खादा लगाइदिएर बिदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ, तिनलाई स्थापित गरौं।”
ओलीका सबैभन्दा प्रिय पात्रमध्येका एक मानिने बस्नेतले नै यस्तो अभिव्यक्ति दिएपछि एमालेभित्र अन्य नेताहरूले पनि नयाँ नेतृत्वको पक्षमा आवाज उठाउन थालेका छन्।
