• Saturday 28th of November 2026

सबै फर्किए,शिवपुरीमा अब ओली मात्रै


  • धनकुटा खबर
  • .

जेन–जी आन्दोलनको दोस्रो दिन (भदौ २४) प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूलाई शिवपुरी सैनिक तालिम केन्द्रमा लगिएको थियो। तर अहिले ओलीबाहेक सबै नेता त्यहाँबाट फर्किसकेका छन्।

पूर्वमन्त्री र शीर्ष नेताहरू घर जान नसकेर आफन्त वा साथीभाइका घरमा बसिरहेका छन्, किनभने उनीहरूको घरमा आगजनी र तोडफोड भएको छ। प्रचण्ड र माधव नेपाललाई सिंहदरबारबाट सेनाले हेलिकप्टरमार्फत् शिवपुरी लगेको थियो, तर अहिले उनीहरू सिंहदरबारमा बैठकमा समेत सहभागी भएका छन्।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै उनलाई सेनाले बालुवाटारबाट हेलिकप्टरमार्फत् शिवपुरी लगेको थियो। उनले जेन–जीका नाममा पत्र जारी गर्दै आफू हाल शिवपुरीको सुरक्षा घेराभित्र रहेको पुष्टि गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖