काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेसँगै अब अन्य मन्त्रालयमा पनि नियुक्ति प्रक्रिया अघि बढाइएको छ।
परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि सामाजिक अभियन्ता तथा नीतिविश्लेषक भीम उदासको नाम चर्चामा आएको छ।
रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (ऊर्जा), र ओमप्रकाश अर्याल (गृह) लाई मन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री कार्कीले अन्य मन्त्रालयहरूका लागि पनि गैर-पार्टी, जनविश्वास प्राप्त व्यक्तित्वहरूलाई प्राथमिकता दिने संकेत गरेकी छन्।
भीम उदास अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, हार्वर्ड तालिमप्राप्त र दीर्घकालीन सामाजिक कार्यमा संलग्न व्यक्ति हुन्।
Generation Z आन्दोलनपछिको राजनीतिक शुद्धिकरण र जवाफदेहिताको माहोलमा, उहाँको नाम परराष्ट्र मन्त्रीका रूपमा सम्भावित उम्मेदवारको सूचीमा उल्लेख गरिएको हो।
