• Thursday 22nd of October 2026

प्रचण्डने गरे पार्टीको नयाँ कार्यालय भवन भव्य बनाउने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका हुन् ।

उनले भने, ‘अब सिङ्गो पार्टी पङ्क्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा पार्टीको भव्य नयाँ कार्यालय भवन बनाइने छ।’

प्रचण्ड मंगलबार मध्याह्न क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनका लागि पेरिसडाँडा पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖