• Thursday 22nd of October 2026

सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन


  • धनकुटा खबर
  • .

हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको बताएका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् भिडिओ सन्देश राख्दै आफूलाई कसैले पछ्याएको उनले बताएका हुन्।

‘मलाई अहिले फलो गरिरहेको छ। बाइक थियो। बाइक नम्बर नै थाहा भएन। अर्को एउटा गाडी छ,’ उनले भने।

उनले सबै सुरक्षा निकायलाई जानकारी गराइसकेको बताएका छन्।

यद्यपि प्रहरीले यसबारे कुनै जानकारी नआएको बताएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले गुरूङले यसबारे जानकारी नगराएको बताए।

‘उहाँले आक्रमण भयो भनेर सार्वजनिक गर्नुभएको रहेछ। हामीलाई जानकारी गराउनुभएको छैन। हामी बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖