• Thursday 22nd of October 2026

जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो :सुनिता डंगोल


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौ महानगरका उपमेयर सुनिता डंगेल भन्छन् –

राष्ट्र शोकमा डुबेको छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाइसकेका छन्। शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै, घा’इतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ती परिवारका पीडा र थोपाथोपा आँसुहरूको मूल्य चुकाउन जो कोही दोषी भएपनि कानूनी कारबाहीको दायरामा आउनुपर्छ।

जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो। आन्दोलनको क्रममा भएको जनधनको क्षति, ह’त्या र तो’डफोडबारे निष्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक छ।

सहिदको र’गतले लेखेको इतिहासलाई हामीले बिर्सन सक्दैनौं। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो। अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरुले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन ।
इमान्दार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित हामीले स्वमूल्याङ्कन गर्नुपर्छ र एकजुट भई सहिदको बलिदानलाई न्याय दिनुपर्छ। र पुनर्निर्माणमा जुट्न हामी सबैको दायित्व हो । नेपाल अब नयाँ पुस्ताको काँधमा र सहि बाटोमा अघि बढाऔं ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖