• Thursday 22nd of October 2026

जेनजी आन्दोलनमा जलेकी झलनाथ पत्नीको देब्रे हात काटियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो लगाएका थिए ।

जलेको अवस्थामा उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको देब्रे हात ४० प्रतिशत जलेको अस्पतालले जनाएको थियो ।

पछि थप इन्फेक्सन भएपछि उनको हात काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖