• Monday 5th of October 2026

बेस्ट इण्डिज बिरुद्द नेपालको ऐतिहासिक जित


  • धनकुटा खबर
  • .

नेपालले वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै १९ रनको ऐतिहासिक जित हात पारेको छ। यससँगै नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई पराजित गरेको हो।

कप्तान रोहित पौडेलले ३८ रन बनाए र बलिङमा १ विकेट लिँदै “प्लेयर अफ दि म्याच” बने। कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्र ऐरी र सन्दीप जोराका योगदान पनि निर्णायक रह्यो।

पहिलो ब्याटिङमा नेपालले २० ओभरमा १४८ रन बनायो। जवाफी ब्याटिङमा वेस्ट इन्डिजलाई नेपालले सुरुवातमै दबाबमा राख्यो, रनआउट र शानदार क्याचहरूले खेल नेपालतर्फ मोडियो।

अन्तिम २ ओभरमा वेस्ट इन्डिजलाई ३० रन चाहिएको थियो, तर करण केसीको बलिङमा कप्तान अकिल होसेन आउट भए। अन्तिम ओभरमा फाबियन एलेनले दुई चौका प्रहार गरे पनि नेपाल १९ रनले विजयी भयो।

रोहितले खेलपछि भने, “हामीले योजना अनुसार ब्याटिङ र बलिङ दुवैमा खेल्यौं। सबै खेलाडीको मिहिनेत र समर्थकहरूको समर्थनकै कारण यो सम्भव भयो।”

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖