• Monday 5th of October 2026

टी-२० विश्वकप छनोटः नेपालले पहिला ब्याटिङ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

९ देश सहभागी रहेको टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिला ब्यटिङ गर्ने भएको छ। कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

खेल आज राति ८ः४५ बजे सुरु हुनेछ। समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। जापान र नेपाल पहिलो पटक खेल्दै छन्। यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖