• Monday 5th of October 2026

जीतको खोजीमा रहेको नेपाल शीर्षस्थानको अमेरिकासँग भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत शनिबार नेपालले ८९औँ खेलमा अमेरिकाविरुद्ध खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण हुनेछ किनकि नेपाली टोली पछिल्ला खेलहरूमा पराजयपछि दबाबमा छ।

नेपालले आफ्नो अघिल्लो खेलमा रोहित पौडेलको शानदार शतकको बाबजुद घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको थियो। नेपालले २३३ रन बनाए पनि यूएईले सहजै लक्ष्य पछ्याएको थियो।

आज नेपालले सामना गर्न लागेको अमेरिका भने उत्कृष्ट लयमा छ। अमेरिकाले पछिल्लो खेलमा यूएईलाई ४ विकेटले हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ। शृङ्खलाको पहिलो खेलमा टोलीले नेपाललाई १०६ रनले हराएको थियो ।

दुई टोलीबिच हालसम्म १० खेल भएका छन्, जसमा नेपालले ४ जित निकालेको छ भने अमेरिकाले ५ खेल जितेको छ। एक खेल बराबरीमा सकिएको छ।

अमेरिकाले २२ खेलबाट १६ जित निकाल्दै ३२ अङ्क जोडेको छ। अङ्क तालिकामा पुछारतिर रहेको नेपाललाई शीर्षस्थानको बलियो अमेरिकामाथि जित निकाल्न निकै कडा चुनौती हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖