• Saturday 28th of November 2026

पोर्चुगल सरकारद्वारा कामदार भिसा बन्द गर्ने निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोर्चुगल सरकारले सन् २०२५ अक्टोबर २३ देखि उच्च दक्ष कामदार बाहेकका सबै प्रकारका कामदार भिसा बन्द गर्ने निर्णय गरेसँगै पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई कामदार भिसाको नाममा हुने ठगी र प्रलोभनबाट बच्न आग्रह गरेको छ।

दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो ठगीबाट बच्न आग्रह गरेको हो ।

बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरूलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भइरहेको बुझिएको छ ।

यसर्थ यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖