• Monday 5th of October 2026

एनपीएल रोजेका फाफ डु प्लेसिसले किन छाडे आईपीएल ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्व स्टार ब्याट्सम्यान फाफ डु प्लेसिसले यस वर्ष हुने आईपीएल २०२६ अक्सनमा सहभागी नबन्ने निर्णय गरेका छन्। नेपालमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सका तर्फबाट अनुबन्ध भएका डु प्लेसिसले आफ्नो आगामी सिजन पाकिस्तान सुपर लिग (पीएसएल) मा केन्द्रित गर्ने तयारी गरेका हुन्।

सोसल मिडियामा डु प्लेसिसले लेखेका छन्, ‘१४ सिजन आईपीएल खेलेपछि यो वर्ष अक्सनमा नजाने ठुलो निर्णय हो। आईपीएलले मलाई धेरै सम्झना, मित्रता र सिकाइहरू दिएको छ।’

डु प्लेसिसले १५४ आईपीएल खेल खेलेका छन् र चेन्नइ सुपर किंग्ससँग दुई पटक उपाधि जितेका छन्। गत सिजन उनले दिल्ली क्यापिटल्सका लागि ९ खेलमा २०२ रन बनाएका थिए र दुई खेलमा टिमलाई कप्तानी समेत गरेका थिए।

उनले भविष्यमा आईपीएलमा फर्किने सम्भावना खुला राख्दै भने, ‘यो बिदाइ होइन, फेरि भेटिन्छौँ।’

डु प्लेसिसले यस वर्ष पीएसएलमा खेल्ने तयारी गर्दै छन्। पहिले पनि उनले पेसावर जल्मी र क्वेट्टा ग्लाडिएटर्सबाट २०१९ देखि २०२१ बीच ६ खेल खेलेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖