• Monday 5th of October 2026

एकै ओभरमा दुई विकेट गुमाएपछि विराटनगर दबाबमा


  • धनकुटा खबर
  • .

काठॅाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा एकै ओभरमा दुई विकेट गुमाएपछि विराटनगर किंग्स दबाबमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको हो। पहिलो ओभरको पहिलो बलमा साम हेलजेट आउट भए भने छैटौं बलमा मार्टिन गप्टिल आउट भए।

सामलाई स्कट कुग्लेजिनले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। त्यस्तै, गप्टिल रन आउट भए।

त्यस्तै, दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट आउट भए। उनलाई हरमित सिंहले गुग्लेजिनको हातबाट क्याच आउट गराए।

अहिले फाफ डु प्लेसिस र बसिर अहमद क्रिजमा छन्। यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖