मैले कार सोचेको थिइनँ। मेरो दिमागमा कसरी ट्रफी जित्ने भन्ने थियो।
त्यो प्रक्रियामा मैले राम्रो खेल्दै जाँदा कार पनि पछाडि आयो, तर मुख्य लक्ष्य ट्रफी जित्नु थियो र त्यो हासिल गर्नुपर्ने थियो।
म अझै सन्तुष्ट भएको छैन । किनभने यो प्रतियोगितामा मैले अहिलेसम्म एउटा पनि अर्धशतक बनाएको छैन। तर टिमले जित्यो, टिम जितेपछि मलाई पुग्छ जस्तो लाग्छ ।
यद्यपि, एक व्यक्ति (खेलाडी) का रूपमा भने सुधार गर्नुपर्ने छ, त्यो म गर्नेछु। टिम जित्दा खेरि म एकदमै खुसी छु।
