काठमाडौँ । गायिका ज्योति मगर बुधबार पनि एमाले महाधिवेशनको प्रचार–प्रसारमा देखिएकी छिन् ।
मतदानका लागि लाइन लागेका प्रतिनिधिसँग उनले मत मागिरहेकी छिन् ।
मगर आफै भने प्रतिनिधि होइनन् । उनले पूर्णबहादुर गुरुङलाई मत मागिरहेकी छिन् । गुरुङ आदिवासी खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् ।
मंगलबार पनि मगरले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै एमाले महाधिवेशनमा प्रचार गरिरहेकी थिइन् ।
