• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचनमा होमियो एमाले, घोषणापत्र मस्यौदा समितिको प्रमुखमा ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ पुष । नेकपा (एमाले) २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिएको छ ।

आज बसेको सचिवालय बैठकमा निर्वाचन परिचालन समितिदेखि घोषणापत्र तयारी समितिसम्म गठन गरेको छ । निर्वाचन परिचालन समितिको संयोजकमा रामबहादुर थापा बादल तोकिएका छन् ।

तर, घोषणापत्र मस्यौदाको संयोजक भने अध्यक्ष केपी शर्मा ओली नै बसेका छन् । उपमहासचिव लेखराज भट्टले दिएको जानकारीअनुसार घोषणापत्र मस्यौदा समितिमा भने ७ सदस्य छन् ।

संयोजकमा ओली, सदस्यहरुमा भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖