• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचन : प्रचण्ड सहमतिमा नआए कांग्रेस-एमालेले मात्रै सिट बाँडफाँट गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी राखेका छन् । तर तालमेलको अन्तिम निर्णय हुन सकेको छैन ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले ‘बोली फेरेपछि’ सिट बाँडफाँटमा सहमति नजुटेको कतिपय नेताहरु बताउँछन् । त्यसैले कांग्रेस-एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयास भइरहेको छ । ‘प्रचण्डजी सहमतिमा नआए कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा पनि छलफल चलिरहेको छ,’ कांग्रेसका एक नेताले भने ।

राष्ट्रियसभामा २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि (एक जना राष्ट्रपतिबाट मनोनीत हुने) आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖