• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मकवानपुर–१ बाट रास्वपाकी बिन्दबासिनी कंसाकारको उम्मेदवारी घोषणा


  • धनकुटा खबर
  • .

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिन्दबासिनी कंसाकारले मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्– ‘आदरणीय मकवानपुर जिल्लावासी सम्पूर्ण जनसमुदायमा नमस्कार, म बिन्दबासिनी कंसाकार, मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको घोषणा गरेको छु । यस ऐतिहासिक यात्रामा तपाईं सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖