• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट पहिले म बाहिरिन्छु : महामन्त्री शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् ।

काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने उनले उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको बेला महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।

विशेष महाधिवेशनबारे उठिरहेका प्रश्नहरूको जवाफ दिँदै पार्टी विभाजनको आशंका अस्वीकार गरेका शर्माले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖