• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री गुप्ता मानव तस्करीमा लागेको आरोप, तत्काल निलम्बनको लागि मागियो निर्देशनात्मक आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ पुस । सामाजिक अभियन्ता युवराज सफलले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि मानव तस्करीको आरोप लगाएका छन् । आज (बिहीबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउँदै अभियन्ता सफलले मन्त्री गुप्ता आफू अमेरिकन युथ काउन्सिलको सदस्य भएको फाइदा उठाउँदै कृतिम कार्यक्रम बनाइ उनले दर्जनौं मान्छेहरु अमेरिका लगेर उतै राख्न लागेको दाबी गरेका हुन् ।

‘आफू अमेरिकी युथ काउन्सिलको सदस्य भएको फाइदा उठाइ कृतिम कार्यक्रम बनाइ दर्जन बढी व्यक्तिबाट लाखौं उठाइ अमेरिका पुर्याइ उतै राख्ने एवं खुलेआम मानव तस्करीमा कथित मन्त्री बब्लु गुप्ता लागेको देखिन्छ । निजले आफ्नो सचिवालयमार्फत यस्तो कार्य गर्दै आइरहेको कुरा उनको सचिवालयको सदस्यले समेत स्वीकार गरेको भन्ने खबरसमेत बाहिरिएको छ,’– उनले अख्तियारमा दर्ता गराएको निवेदनमा भनिएको छ ।

मन्त्री गुप्ताले उल्लेख गरेको आयोजकको कानूनी वैधता, निमन्त्रणा पत्रमा समेत अभियन्ता सफलले प्रश्न उठाएका छन् । चुनाव गर्नेमात्र म्याण्डेट पाएको सरकारका मन्त्री फजुल खर्च गरी विदेश भ्रमणमा जानु अव्यवहारिक, अमिल्दो र भ्रष्टाचारजन्य कार्य रहेको उनको दाबी छ । नक्कली आयोजक, नक्कली निमन्त्रणा पत्र, आफूमात्रै नभइ सामुहिक रुपमा कार्यक्रममा जान खोज्नुलाई निवेदक सफलले संगठित रुपमा हुन लागेको मानव तस्करी भनेका छन् ।

मन्त्री गुप्तामाथि मानव तस्कर कसुरमा समेत अनुसन्धान गर्न र दोषी देखिएमा हदैसम्मको कारबाहीको माग गरिएको छ । मन्त्री गुप्ता मानव तस्करीका शंकास्पद व्यक्ति रहेको दाबी गर्दै निवेदक सफले पदबाट निलम्बन गर्न निर्देशनात्मक आदेशसमेत मागसमेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖