• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कार्की नेतृत्वलाई फेरि थपियो अर्को बोझ


  • धनकुटा खबर
  • .

काठमाडौं । कुलमान घिसिङले बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार तीन जना मन्त्रीलाई दिइएको छ।

घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, उनले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले घिसिङले सम्हालेका मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई सम्हाल्ने गरी तोकेका छन्।

ऊर्जा मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई तोकिएको छ। मन्त्री सिन्हाले यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका छन्।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई तोकिएको छ। यस्तै सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्नेलाई तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖