चितवन । नेपाल कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको उपस्थिति नहुने विशेष महाधिवेशनमा सहभागी नहुने जनाएका छन् ।
सभापति खनालले पार्टी फुटाउने हिसाबले डाकिएको विशेष महाधिवेशनमा प्रतिनिधिहरू सहभागी नहुने विश्वास रहेको बताएका हुन् ।
आफू नियमित महाधिवेशनको पक्षमा रहेको तर विषेश महाधिवेशन गर्नु नै पर्ने अवस्था आए पनि सहमति र विश्वासमा गर्न छाडेर पार्टी नै विभाजन गर्ने गरी अगाडि बढ्न नहुने सभापति खनालको धारणा छ ।
