• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवालाई गगनले पठाए विशेष महाधिवेशनको निम्तो


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

आज (बिहीबारं) कार्य सम्पादन समितिको बैठकमा महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति देउवालाई विशेष महाधिवेशनमा उपस्थित हुनका लागि निमन्त्रणा पठाएका हुन् ।

कांग्रेसको विशेष महाधिवेशन आगामी फागुन २७ गते काठमाडौंको भृकुटीमण्डमा हुने कार्यतालिका रहेको छ कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले भने, ‘कार्यवाहक सभापतिले सभापतिलाई यो कुरा पुर्याइदिनु होला, सभापति पुस २७ गते उहाँ सहभागी हुनुपर्छ ।

उहाँको पनि मान बढाउँछ । यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा बढ्छ भनेका छौ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖