• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस गोरखाले पनि भन्यो : विशेष महाधिवेशनमा सहभागी हुनुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस गोरखाले पार्टीको विशेष महाधिवेशन सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।

पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, प्रतिनिधिसभा-१ का क्षेत्रीय सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र-२ का सभापति गोविन्द गुरुङ, प्रदेश सभापतिहरू ठाकुर भट्ट, दीर्घमान गुरुङ, दिनेश खनखवास र खुनप्रसाद रेग्मीले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन् ।

त्यस्तै पालुङ्टार नगरपालिका सभापति विमल ढकाल, धार्चे गाउँपालिका सभापति सन्तबहादुर गुरुङ, सिराञ्चोक गाउँपालिका सभापति भक्तबहादुर गुरुङ, आरुघाट गाउँपालिकाका सभापति राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका सभापति जीतबहादुर घले, सहिदलखन गाउँपालिकाका सभापति काशीनाथ अम्गाईं, भीमसेन थापा गाउँपालिकाका सभापति नारायणप्रसाद भट्टराई, गण्डकी गाउँपालिकाका सभापति होमबहादुर राना, अजिरकोट गाउँपालिकाका सभापति जंगबहादुर गुरुङ र चुमनुव्री गाउँपालिकाका सभापति सूर्यबहादुर गुरुङले हस्ताक्षर गरेर विशेष महाधिवेशनमा सहभागी हुन भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖