• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू कसूरदार नरहेको दाबीसहित उच्च अदालत पुगे एमाले नेता रायमाझी


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ पुस । पुर्पक्षका लागि कारागारमा रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । एमाले नेता रायमाझीले दिएको निवेदन उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासमा सुनुवाइ भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीमाथि ठगी, लिखत कीेर्ते, राज्यविरुद्ध र संगठित अपराध अभियोग लगाइएको छ । जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम निवेदन दिएका थिए ।

ऐनको उक्त दफामा ‘दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसूरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिव आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाई गरी अदालतले निजलाई थुनाबाट छोड्ने आदेश दिन सक्ने’ व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖