• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

खेलकुद मन्त्री बब्लु गुप्ता अमेरिका नजाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको बताए ।

रिमालले शुक्रबार भने, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक त क्याबिनेटबाट निर्णय हुन ढिलाइ हुन पुग्यो । त्यसपछि पनि जाने नजाने भन्ने ठोस निर्णय हुन बाँकी थियो । अहिले आएर उहाँले भिसाका लागि आवेदन नै दिनुभएन । अब जाने कुरा हुन्न ।’

नक्कली निमन्त्रणा बनाई जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा भाग लिन उनी अमेरिका जान लागेको भन्दै व्यापक आलोचना भएको थियो ।

मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्तालाई अमेरिका जान स्वीकृति प्रदान गरेको थियो ।- रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖