• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाए, ३ बजे जुट्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।

साथै, विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖