• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको ठूलो चाल, ग्राउन्ड सर्वेक्षण सुरु, बालेनदेखि देउवासम्म ‘टार्गेट’मा


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै देशभर ग्राउन्ड सर्वेक्षण सुरु गरेको छ। पार्टीको वास्तविक अवस्था, जनताको चाहना र जित्ने सम्भावना बुझ्न जिल्लास्तरका नेताकार्यकर्तालाई मैदानमा खटाइएको छ।

रास्वपाको पहिलो टार्गेटमा काठमाडौं उपत्यका, झापा र महोत्तरी परेका छन्, जहाँ ठूला नेताहरू चुनाव लड्ने चर्चा छ। स्रोतका अनुसार झापा ५ मा केपी शर्मा ओली र डडेलधुरामा शेरबहादुर देउवाको मतस्थिति बुझ्न विशेष सर्वेक्षण भइरहेको छ।

झापा ५ बाट बालेन शाह र डडेलधुराबाट सागर ढकाल चुनाव लड्ने तयारीमा रहेको चर्चा चर्किएको छ। बालेननिकट स्रोतले जनतामा परिवर्तनको चाहना बलियो भएकाले ठूला नेतासँग डराउनुपर्ने अवस्था नरहेको दाबी गरेको छ।

रास्वपाले सिट बाँडफाँट नगरी ग्राउन्डबाट आएको रिपोर्टका आधारमा जित्ने सम्भावना भएको उम्मेदवारलाई टिकट दिने रणनीति बनाएको छ। पार्टी सभापति रवि लामिछानेले निर्वाचनपछि रास्वपाको बहुमत आउने दाबी गर्दै आएका छन्।

चुनाव नजिकिँदै गर्दा रास्वपाको यो चालले राजनीतिक तरंग झन् तातिँदै गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖