• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जीवनको उत्तरार्द्धमा दल विहीन देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं। निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएपछि दुई पटकसम्म पार्टीका सभापति भएका शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्द्धमा दलविहीन बन्न पुगेका छन्।

विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई शुक्रबार निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि देउवा दलविहीन भएका हुन्।

गगन पक्षलाई दलको स्वामित्व दिएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए।

देउवा समूहका नेता पूर्णबहादुर खड्काले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिक गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उक्त चेतावनी दिएका हुन्।

‘जे आशंका थियो त्यही भयो। यो नेपालको स्थापित नजिरको विरुद्धमा छ। हामी राजनीतिक र वैधानिक सबै लडाइँ लड्छौं,’ उनले भने।

कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट निर्वाचित भएका देउवालाई अन्नतः आफ्नै कार्यसमितिका तत्कालीन महामन्त्रीहरुले अपदस्थ गरिदिएका हुन्। योसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विशेष महाधिवेशन पक्षधरले टिकट बाढ्ने निश्चित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖