• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

म उम्मेदवार बन्दिनँ, पार्टीका उम्मेदवार जिताउन अहोरात्र खट्छु:विश्वप्रकाश


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत सम्बोधन गर्दै शर्माले आफू उम्मेदवार नबनी देशभरका कांग्रेस उम्मेदवारहरूलाई जिताउन चुनावी अभियानमा केन्द्रित हुने बताए ।

’म यसपटक उम्मेदवार बन्दिनँ, चुनावी मैदान साथीहरूका लागि छोडिदिएको छु,’ उनले भने, ’देशभरका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन म अहोरात्र खट्नेछु । व्यक्तिगत लाभभन्दा माथि उठेर पार्टीलाई पहिलो शक्ति बनाउनु मेरो मुख्य जिम्मेवारी हुनेछ ।’ झापा क्षेत्र नं १ बाट यसअघि उम्मेदवार बन्दै आएका शर्माले यसपटक आफू उम्मेदवार नबन्ने र नयाँलाई मार्गप्रशस्त गर्ने स्पष्ट पारेका हुन् ।

आयोगको निर्णयले गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिएसँगै कांग्रेस अब नयाँ ऊर्जाका साथ निर्वाचनमा होमिएको शर्माको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖