• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नारायणकाजी सर्लाही-३ बाट चुनाव लड्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मधेस प्रदेशको सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

पार्टीले सार्वजनिक गरेको जानकारीअनुसार सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसैगरी क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव र क्षेत्र नम्बर १ बाट सुरेश काफ्लेको नाम चर्चामा रहेको छ।

यस पटक नारायणकाजी श्रेष्ठ गोरखा छाडेर मधेस प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। उनी २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। उनी हाल राष्ट्रिय सभा सदस्य छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖