काठमाडौ । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि नेपाली कांग्रेसका सभापति गगन थापा सँग प्रतिनिधिसभा चुनावको टिकटका आकांक्षी नेताहरूले सम्पर्क गर्न थालेका छन् ।
देउवा पक्षका नेतासमेत ‘रूख’ चुनाव चिह्नबाटै उम्मेदवारी दिन चाहेको सन्देशसहित सभापति थापालाई फोन गरिरहेका छन् । पार्टीले क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका नाममध्येबाट उम्मेदवार टुंग्याउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
यता निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने तयारीमा रहे पनि कांग्रेस नेतृत्वले पार्टी एकता र निर्वाचन केन्द्रित तयारीलाई प्राथमिकता दिएको जनाएको छ ।
