• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा छाडेसँगै हिम्मत हारेका सन्तोष परियार सांसद बन्न बसे समानुपातिक सूचीमा !


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी छाड्दा अवसरवादीको ट्याग लागेका सन्तोष परियार फेरि समानुपातिक सांसद बन्ने सूचीमा बसेका छन् ।

ठूलै क्रान्ति गर्ने भन्दै रास्वपा छाडेर पूर्वमाओवादी नेता डा।बाबुराम, सुदन किराती र जनार्दन शर्मा लगायतसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना गरेका सन्तोष सोही पार्टीको समानुपातिक सूचीको पहिलो स्थानमा रहेका छन् । रास्वपा छाड्दै गर्दा आफू भक्तपुरबाट कुनै पार्टीमा आबद्ध भएर वा स्वतन्त्र उम्मेदवार बनेपनि चुनाव जित्ने दाबी गरेका सन्तोष चुनाव भिड्न डराएका छन् ।

रास्वपाले पुराना समानुपातिक सांसदलाई फेरि नदोहोर्याउने निर्णय गरेपछि सन्तोषले पार्टी छाडेको भन्ने धेरैको विश्लेषण मिल्न गएको छ । रास्वपा छाडे लगत्तै बाबुराम, जनार्दन र सुदन लगायतसँग वार्तामा बस्दासम्म देखिएका सन्तोष चुनाव नजिकिएसँगै गुमनाम जस्तै भएका छन् । उनी सक्रिय राजनीतिमा छन् कि छैनन् भन्ने धेरैलाई जानकारी छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖