• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देउवाले गगनलाई सभापति स्वीकार्दै रिट फिर्ता लिने संकेत !


  • धनकुटा खबर
  • .

काठमाडौं। विशेष महाधिवेशनपछि विभाजित बनेको नेपाली कांग्रेसमा दुवै पक्षलाई मिलाएर जाने विषयमा छलफल भइरहेको छ। निर्वाचन आयोगले विशेष महाविधेशनधर गगन थापालाई सभापतिको मान्यता दिएपछि देउवा पक्ष आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्च पुगेको छ।

निर्वाचन आयोगले भोलि (मंगलबार) उम्मेदवार मनोनयनको कार्यकतालिका तोको छ। यस्तो अवस्थामा सभापति गगन थापाले देउवा पक्षलाई पनि समेटेर लैजाने गरी आन्तरिक तयारी गरेपछि दुवै पक्षबीच आन्तरिक छलफल भएको हो।

आइतबार मध्यरातिसम्म दुई पक्षबीच भएको छलफल सकारात्मक भएपछि दुवै पक्षलाई मान्य हुने गरी टिकट वितरण गर्ने गरी संवाद भइरहेको हो। त्यसका लागि देउवाले पक्ष सर्वोच्चमा दायर रिट फिर्ता गर्न सहमति हुने संकेत गरेका छन्।

त्यसका लागि अहिले देउवा निवास महाराजगञ्जमा दुवै पक्षबीच छलफल हुने भएको छ। यसैबीच कांग्रेस सभापति गगन थापाले उम्मेदवार चयनलाई समावेशी र सन्तुलन गर्ने प्रयास भइरहेको बताएका छन्।

उनले भने, ‘जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको छ। सबैलाई मिलाएर लैजाने प्रयासमा छौं। टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गर्दछु।’

निर्वाचन आयोग र अदालतको विषयले उम्मेदवार छनोट गर्न ढिलाइ भइरहेको समेत थापाको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖