• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालेन आजै सडकमार्गबाट झापा जाने


  • धनकुटा खबर
  • .

काठमाडौं । रास्वपाका बरिष्ठ नेता बालेन शाह आजै झापा जाने भएका छन् । आज पार्टीले जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गरेलगत्तै उनी झापा जान लागेका हुन् । भोलि उनले झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

बालेनले झापा ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्देछन् । ओली पनि उम्मेदवारी दर्ताका लागि आजै झापा जाँदैछन् । उनीहरू दुवैले दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेछन् ।

जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्‍याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। समर्थकहरूको र्‍यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖