• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुदन किरातीले उम्मेदवारी नदिने, हर्क साम्पाङलाई सहयोग गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संघीय परिषद् अध्यक्ष सुदन किरातीले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी नदिने बताएका छन् ।

‘म यस घडी तपाईंहरुलाई यो जानकारी गराउन चाहन्छु कि आगामी २१ फागुनको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको छु,’– किरातीले सामाजिक सञ्जालमा भनेका छन् ।

राजनीतिक संवाद तथा शुभेच्छुक र जेनजी विद्रोहको मूल मर्मलाई सम्मान गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारहरु सुनसरी क्षेत्र नं.१ का हर्कराज राई र भोजपुरका ध्रुव राईलाई प्रलोपाको तर्फबाट सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖