• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओलीका विश्वासपात्र मानिने झापाका नेता डा. रामबाबु गिरीले गरे एमाले परित्याग,बालेनलाई सघाउने घोषणा


  • धनकुटा खबर
  • .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली का विश्वासपात्र मानिने झापाका नेता डा. रामबाबु गिरी ले एमाले परित्याग गरेका छन्। दुर्गा प्रसाईंले सञ्चालन गर्ने बिएण्डसी अस्पताल का अध्यक्षसमेत रहेका गिरीले एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाह लाई सघाउने घोषणा गरेका हुन्।

एमालेबाट राजीनामा दिएको पुष्टि गर्दै गिरीले आफू परिवर्तनको पक्षमा उभिएको बताएका छन्। उनले वर्तमान राजनीतिक अवस्थाको आलोचना गर्दै देशको दुर्दशाको मुख्य कारकका रूपमा ओलीको नेतृत्वलाई औंल्याएका छन्। अब देशको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

झापामा राम्रो राजनीतिक पकड भएका गिरीको बहिर्गमनलाई एमालेका लागि अर्को झट्काका रूपमा हेरिएको छ। ओलीकै गढ मानिने झापामा प्रभावशाली नेताले पार्टी परित्याग गर्दै वैकल्पिक राजनीतिक धारतर्फ उभिनुले आगामी निर्वाचनको समीकरणमा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ।

रास्वपाको तर्फबाट बालेन शाहलाई समर्थन गर्ने घोषणा गर्दै गिरीले नयाँ राजनीतिक यात्रामा सक्रिय भूमिका खेल्ने संकेत दिएका छन्। उनको निर्णयले झापासहित पूर्वी नेपालमा वैकल्पिक राजनीतिप्रति बढ्दो आकर्षणलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖