• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बदल्यौं कांग्रेस, बदल्छौ देश :कांग्रेस सभापति गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बदल्ने संकल्प गरेका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार कार्यभार सम्हाल्दै नवनियुक्त सभापति थापाले देश र पार्टी एकसाथ बदल्ने संकल्प पत्रमा हस्ताक्षर गरेका हुन् । सभापति थापाको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘बदल्यौं कांग्रेस, बदल्छौं देश ।’

थापाले देश बदल्ने प्रतिबद्धताका बीच नयाँ यात्रा सुरु गरेको उल्लेख गरे । उनले भनेका छन्, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ देशको समुन्नति ।’

सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सभापति थापालाई शुक्रबारको कांग्रेस बैठकले आगामी प्रधामनमन्त्रीको उम्मेदवार घोषणा पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖