काठमाडौं । त्रिभिवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुल जानका लागि उड्न लागेको टर्किस एयरलाइन्सको जहाज रनवेबाट फर्काइएको छ ।
उडान नम्बर टीके–७२७ उड्नका लागि रनवे पुगिसकेको थियो । १२:३५ मा उडान तालिका रहेको जहाजलाई रनवेबाट पार्किङमा फर्काइएको हो ।
उड्नका लागि रनवेमा दौडिँदै गर्दा विमानमा समस्या रहेको संकेत प्राप्त भएपछि उडान रोकिएको हो ।
प्राविधिक जाँचपछि विमान उड्ने विमानस्थल स्रोतले जनाएको छ ।
