काठमाडौ । सुदन गुरुङले सिंहदरबार घटनाक्रमबारे गम्भीर दाबी गर्दै वास्तविकता लुकाउने प्रयास भइरहेको बताएका छन्। उनले गोली पहिला चलेको र त्यसपछि मात्र सिंहदरबारमा आगजनी भएको स्पष्ट पारेका छन्।
गुरुङका अनुसार घटनाको सुरुवातमै निर्दोष बालबालिका ढलेका थिए भने त्यसपछि मात्रै संरचना जलाइएको हो। “बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो,” उनले भने, “यसलाई सबैले स्मरण राख्नुपर्छ।”
उनको भनाइले घटनाको समयरेखा र राज्यको भूमिकामाथि पुनः प्रश्न उठाएको छ। सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा गुरुङको अभिव्यक्तिले तीव्र बहस सिर्जना गरेको छ।
