• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसकारण पक्राउ परे युवराज सफल


  • धनकुटा खबर
  • .

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको पाइएको हो ।

काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖